Kathmandu Press

एमालेका कमिटी र जनसङ्गठनको लेखा परीक्षण अनुगमन हुने

आयोगले त्यसरी आयोजना हुने कमिटीका अधिवेशन परिषद्लाई मान्यता नदिन पार्टीलाई अनुरोध गरेको छ।
एमालेका कमिटी र जनसङ्गठनको लेखा परीक्षण अनुगमन हुने

काठमाडौं, माघ २५ : नेकपा एमालेको केन्द्रीय लेखा आयोगले पार्टीको विधान र नियमावलीको व्यवस्थाविपरीत लेखा परीक्षण नगराई अधिवेशन परिषद् आयोजना गर्ने कमिटीलाई स्पष्टीकरण सोध्ने भएको छ।

आयोगले त्यसरी आयोजना हुने कमिटीका अधिवेशन परिषद्लाई मान्यता नदिन पार्टीलाई अनुरोध गरेको छ। गत साता लुम्बिनीमा बसेको बैठकको निर्णयानुसार पार्टीलाई सो आग्रह गरिएको आयोगका अध्यक्ष डा पुष्पराज कँडेलले बताए।

सो बैठकले आम निर्वाचनको समीक्षा प्रतिवेदन तयार गर्ने, पार्टी केन्द्रीय कोषको चालू आर्थिक वर्षको आन्तरिक लेखा परीक्षण गर्ने, पार्टीको लेखा व्यवस्थापनका लागि प्रशिक्षण पुस्तिका तयार गर्ने, पार्टी कमिटी, जनसङ्गठन र लेखा कमिटीका लागि लेखा व्यवस्थापन प्रशिक्षण सञ्चालन गर्ने, आर्थिक व्यवस्थापनका आधारमा पार्टी कमिटी र जनसङ्गठनको मूल्याङ्कन गर्ने परिपाटी स्थापना गर्ने निर्णय गरेको थियो।

बैठकले सम्पूर्ण पार्टी कमिटी र जनसङ्गठनको लेखा परीक्षण तथा अनुगमन गर्ने, कम्तीमा प्रदेश तहको आर्थिक हिसाबलाई जोड्ने गरी अत्याधुनिक सफ्टवेयर जडान गरी लेखा व्यवस्थित गर्न पनि पार्टी केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको थियो।

प्रकाशित मिति: १४:२९ बजे, बुधबार, माघ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्