राप्रपालाई गगनको प्रश्न– प्रदेश खारेज गर्नुपर्छ भनेर प्रदेशको सभामुख बन्न मिल्छ ?
प्रदेश चाहिँदैन, प्रदेश खारेज गर्नुपर्छ भनेर प्रदेशको सभामुख बन्न मिल्छ ? प्रदेशको मन्त्री बन्न मिल्छ ?
काठमाडौं, माघ २५ : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो नीति र एजेण्डाविपरित प्रदेश सरकारमा सहभागी भएकोमा प्रश्न उठाएका छन् ।
काठमाडौंमा बुधबार आयोजित एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले प्रदेश खारेजको एजेन्डा बोकेको राप्रपा प्रदेशको सभामुख बनेको, प्रदेश सरकारमा सहभागी भएको लगायतका विषयमा प्रश्न उठाएका हुन् ।
‘राजसंस्था फर्काउने, धर्मसापेक्ष राष्ट्र बनाउने र प्रदेश खारेज गर्ने राप्रपाको घोषित नीति छ । प्रदेश चाहिँदैन, प्रदेश खारेज गर्नुपर्छ भनेर प्रदेशको सभामुख बन्न मिल्छ ? प्रदेशको मन्त्री बन्न मिल्छ ?,’ उनले भने ।
महामन्त्री थापाले राप्रपाबाट सभामुख बनेको व्यक्ति र सरकारमा सहभागी भएका व्यक्तिहरुले कस्तो काम गर्छ भन्नेमा पनि प्रश्न गरेका छन् । ‘अब सभामुखले के गर्ने ? प्रदेशमा ल्याएको कानुन पास भयो भने प्रदेश बलियो हुन्छ । सभामुखले धमाधम सभामुख भएर प्रदेशको संसद कसरी कमजोर गर्ने भनेर दिनरात सोँच्नुपर्यो,’ उनले भने, ‘प्रदेशका मन्त्रीहरुले पनि दिनरात सरकारलाई असफल कसरी बनाउने भन्ने सोच्न पर्यो।’
राप्रपाले कार्यकारी भूमिकामा नबसेर प्रदेश खारेज हटाउने माग भने गर्न सक्ने बताए । ‘कार्यकारी अधिकारमा बसेर त्यही संस्था खारेज गर्छु भन्न मिल्छ ?’ उनको प्रश्न थियो ।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

