Kathmandu Press

युरोपेली संघकी आयुक्त उर्पिलाइनेन भेटवार्तामा व्यस्त

भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्नाका साथै नेपालमा युरोपेली सङ्घका विभिन्न कार्यहरुको शुभारम्भ गर्नेछिन्।
युरोपेली संघकी आयुक्त उर्पिलाइनेन भेटवार्तामा व्यस्त

काठमाडौं, माघ २५ : अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घकी आयुक्त जुट्टा उर्पिलाइनेन नेपालको एकदिने औपचारिक भ्रमणमा आज काठमाडाैं आइपुगेकी छन्।

भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्नाका साथै नेपालमा युरोपेली सङ्घका विभिन्न कार्यहरुको शुभारम्भ गर्नेछिन्।

नेपालसँगको साझेदारीलाई सुदृढ गर्न र साझा भूराजनीतिक हितका विविध विषयमा संलग्न हुन भ्रमणमा आउनुभएको यहाँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलको कार्यालयले जनाएको छ।

युरोपेली सङ्घले आफ्नो ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्दै साझेदारसँग डिजिटल, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित लिङ्क बढाउन तथा स्वास्थ्य, शिक्षा र अनुसन्धान प्रणालीलाई सुदृढ गर्न सकारात्मक रहेको जनाएको छ। सङ्घले नेपालको समावेशी हरित अर्थतन्त्र, मानव विकास सूचकाङ्क र सुशासन प्रवद्र्धनमा सहयोगको प्राथमिकता निर्धारण गरेको छ।   

आयुक्त उर्पिलाइनेनले परोपकार प्रसूति अस्पतालमा रहेको मानव दुग्ध बैंकको भ्रमण गर्नाका साथै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग नेपाल सरकारको बहुक्षेत्रीय पोषण कार्यक्रमको नवीकरणमा इयूको प्रतिबद्धता जनाउनुहुनेछ।

आयुक्त उर्पिलाइनेनले प्रधानमन्त्री पु्ष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग द्विपक्षीय छलफल गर्नाका साथै शिक्षामन्त्रीसँग नेपालको नयाँ शिक्षा क्षेत्र योजनाका लागि ५० मिलियन युरो सहयोगको शुभारम्भ गर्नहुनेछ। यसले बालबालिकाको शिक्षामा पहुँच बढाउन र युगअनुसार नेपालमा शिक्षाको गुणस्तर बढाउन योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १३:२१ बजे, बुधबार, माघ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्