संसद बैठक ‘चुनावी सभा’जस्तो आभास भएको छ : प्रदीप पौडेल
उनले मुलुकको सबैभन्दा ठुलो समस्या भ्रष्टाचार भएको उल्लेख गर्दै त्यसको अन्त्य गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।
काठमाडाैं, माघ २५ : कांग्रेस नेता प्रदीप पौडेलले आफूलाई संसद बैठक ‘चुनावी सभा’जस्तो आभास भएको बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित ‘अबको नेपाली राजनीति र लोकतान्त्रिक संस्कारको सवाल’ विषयक विचार गोष्ठीमा उनले त्यस्तो बताएका हुन्।
पहिलोपटक प्रतिनिधिसभाका सांसद बनेका उनले संसद बैठकमा झुटो बोल्दा आफ्नो खण्डन हुने र त्यसबाट व्यक्तित्वमा आँच आउने कुरामा हेक्का नराखी नेताहरूले बोल्ने गरेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।
उनले मुलुकको सबैभन्दा ठुलो समस्या भ्रष्टाचार भएको उल्लेख गर्दै त्यसको अन्त्य गर्न लागिपर्ने प्रतिबद्धता व्यक्त गरे।
प्रकाशित मिति: १२:५८ बजे, बुधबार, माघ २५, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

