Kathmandu Press

प्रविशाको स्वरमा रहेकाे ‘परिचय एउटा कथा’ गीतको भिडियो सार्वजनिक

नमिता दवाडीको शब्द रहेको उक्त गीतमा ज्ञानेन्द्र गिरीको संगीत तथा विशाल निरौलाको संगीत संयोजन रहेको छ।
प्रविशाको स्वरमा रहेकाे ‘परिचय एउटा कथा’ गीतको भिडियो सार्वजनिक

काठमाडौं, माघ २५ : गायिका प्रविशा अधिकारीको स्वरमा रहेको ‘परिचय एउटा कथा’ गीतको भिडियो सार्वजनिक भएको छ।

नमिता दवाडीको शब्द रहेको उक्त गीतमा ज्ञानेन्द्र गिरीको संगीत तथा विशाल निरौलाको संगीत संयोजन रहेको छ। गीतकार दवाडीकै युट्युब च्यमनलबाट मंगलबार उक्त भिडियो सार्वजनिक गरिएको हो। बुधबार दिउँसोसम्म २२ हजारले उक्त भिडियो हेरिसकेका छन्।

Hardik ivf

भिडियोमा तेस्रोलिंगीहरुले समाजमा भोग्नु परेको पीडा र संघर्षमय जीवनलाई देखाइएको छ। खासगरी पुरुष शरीरभित्रको महिला मनोविज्ञान प्रस्तुत गर्दै अस्तित्वको खोजी गरिएको छ। उनीहरूमा समाजवबाट हुने हेयभावमा जन्माएका प्रश्नलाई भिडियोमा प्रस्तुत गरिएको छ। तेस्रोलिंगीहरुले पनि ससम्मान बाँच्न पाउनुपर्छ भन्ने आशय गीतमा व्यक्त गरिएको छ।

भिडियोमा अभिनेता आकाश श्रेष्ठ, डा. रमिल अधिकारी र कविता रेग्मीको अभिनय देख्न सकिन्छ। भिडियोको निर्देशन प्रकाश धिताल छन् भने भिडियोको छायांकन उत्सव दाहाल र सम्पादन विकाश दाहालले गरेका छन।

हाल रहेकी गोरखाकी गीतकार दवाडी हाल न्युजल्यान्डमा बस्दै आएकी छन्। उनले यसअघि  ‘म मजदुर मायाको’ र ‘भन को थियो’ बोलका गीतको भिडियो र कवितासंग्रह ‘जीवननदीको किनारैकिनार’ बजारमा ल्याइसकेका छन्। 

प्रकाशित मिति: १२:४४ बजे, बुधबार, माघ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्