Kathmandu Press

मुख्यमन्त्रीकाे विश्वासकाे मतका लागि बाेलाइएकाे सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

प्रदेशसभाका सूचना अधिकारी युवराज जैशीले सरकारको आग्रहमा आजको बैठक स्थगित गरिएको जानकारी दिए।
मुख्यमन्त्रीकाे विश्वासकाे मतका लागि बाेलाइएकाे सुदूरपश्चिम प्रदेशसभा बैठक स्थगित

धनगढी, माघ २५ : सुदूरपश्चिम प्रदेशसभाको बैठक स्थगित भएको छ। मुख्यमन्त्री राजेन्द्रसिंह रावलले विश्वासको मत लिने गरी आज (बुधबार) दिउँसो १ बजेका लागि बैठक बोलाइएको थियो।

प्रदेशसभाका सूचना अधिकारी युवराज जैशीले सरकारको आग्रहमा आजको बैठक स्थगित गरिएको जानकारी दिए। गत पुस २७ मा मुख्यमन्त्री नियुक्त भएका रावलले आज विश्वासको मत लिने कार्यसूची थियो।

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आफ्ना माग मुद्दालाई लिएर विश्वासको मतबारे निर्णय नगरेपछि रावलले विश्वासको मत नपाउने अवस्था भएपछि बैठक स्थगित गरिएको जनाइएको छ। 

सुदूरपश्चिममा विश्वासको मतका लागि नाउपा निर्णयक मानिएको छ। नाउपाका सात जना प्रदेशसभा सदस्य छन्। उनीहरू नाउपाका संस्थापक सल्लाहकार रेशम चौधरीसँग छलफल गर्न मंगलबार काठमाडौं गए पनि धनगढी फर्किनसकेको जनाइउको छ।

प्रकाशित मिति: १२:३६ बजे, बुधबार, माघ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्