प्रचण्ड–ओली भेटवार्ता : बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक, राष्ट्रपतिबारे छलफल हुने
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बुधबार बालकोटमा भएको भेटवार्तामा बिहीबार उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति जुटेको हो ।
काठमाडौं, माघ २५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति भएको छ ।
प्रधानमन्त्री प्रचण्ड र अध्यक्ष ओलीबीच बुधबार बालकोटमा भएको भेटवार्तामा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाउने सहमति जुटेको हो । बैठक भोलि बस्ने बताइएको छ ।
एमाले अध्यक्ष ओली उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत हुन् । फागुनमा हुने राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल गर्नका लागि संयन्त्रको बैठक बोलाइएको हो ।
सरकार गठनताका ओली र प्रचण्डबीच एमालेलाई राष्ट्रपति र सभामुख दिएर प्रधानमन्त्री माअोवादी केन्द्रले लिने भद्र सहमति भएको थियो । सोही अनुसार प्रचण्ड प्रधानमन्त्री बनेका थिए भने प्रतिनिधि सभाको सभामुखमा एमालेबाट देवराज घिमिरे निर्वाचित भइसकेका छन् ।
एमालेको समर्थनमा प्रधानमन्त्री नियुक्त भएका प्रचण्डलाई कांग्रेसले पनि विश्वासको मत दिएपछि भने प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् । माओवादीभित्र पनि एमालेलाई राष्ट्रपति दिन नहुने आवाज उठ्न थालेपछि ओली सशंकित भएका छन् । उनले एमालेकै उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् ।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

