Kathmandu Press

लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको मतदान सुरु 

मतदानका लागि १० देखि अपराह्न ३ बजेसम्मको समय तोकिएको छ ।
लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको मतदान सुरु 

काठमाडौं, माघ २४ : लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचनको मतदान सुरु भएको छ । 

दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा बिहान १० बजेदेखि सुरु भएको मतदानमा लुम्बिनी प्रदेश सभा सदस्य एवम् मन्त्री चेतनारायण आचार्यले पहिलो मतदान गरे। 

मतदानका लागि १० देखि अपराह्न ३ बजेसम्मको समय तोकिएको छ । राष्ट्रियसभा सदस्यको उपनिर्वाचनका लागि तीन जनाले उम्मेदवारी दिएका छन् । सत्तारुढ दलबाट नेकपा एमालेका कुमार दसौंदी, नेपाली कांग्रेसबाट माधवप्रसाद आचार्य र नागरिक उन्मुक्ति पार्टीबाट राजेन्द्रवीर राय उम्मेदवार छन् ।

नेकपा एमालेबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित रुपन्देहीका खिमलाल भट्टराईले राजीनामा दिएपछि रिक्त रहेको उक्त सिटको लागि उपनिर्वाचन भएको हो ।

राष्ट्रियसभा सदस्यका लागि प्रदेशसभा सदस्य र पालिकाका प्रमुख तथा उपप्रमुखले मतदान गर्ने पाउने व्यवस्था छ । लुम्बिनी प्रदेशमा कूल मतदाता संख्या ३०५ रहेको छ । जसमध्ये प्रदेश सांसदको संख्या ८७ छ । प्रदेशभर १०९ स्थानीय तहका स्थानीय तहका प्रमुख तथा उपप्रमुख मतदाताको संख्या २१८ जना रहेको प्रदेश निर्वाचन कार्यालय दाङले जनाएको छ ।

प्रकाशित मिति: ११:०७ बजे, बुधबार, माघ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्