सुदूरपश्चिमका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै

काठमाडौं, माघ २५ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले आज विश्वासको मत लिने भएका छन् ।
दिउँसो १ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री रावलले विश्वासको मत लिने कार्यसूची तय भएको प्रदेश सभा सचिवालयले जनाएको छ ।
नेकपा एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा २७ पुसमा रावल मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संविधानअनुसार मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने हुन्छ ।
रावललाई समर्थन गरेको सत्तारुढ गठबन्धनको निर्णायक शक्ति नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिनेबारे प्रष्ट निर्णय लिन नसक्दा मुख्यमन्त्रीले ढिलोगरी विश्वासको मत लिन लागेका हुन् ।
रावल एमालेका १०, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका ७ र राप्रपाका १ गरी २९ जना प्रदेश सभा सदस्यको समर्थनमा २७ पुसमा मुख्यमन्त्री भएका थिए ।
नाउपाले मत नदिएको अवस्थामा भने उनी सभामुख बाहेक एमाले, माओवादी र राप्रपाका २१ जना सांसदको मत पाउनेछन् । जुन सरकार टिकाउन आवश्यक पर्ने २७ मा ६ जना प्रदेश सभा सदस्यले कम हो ।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

