Kathmandu Press

संसारका सबैभन्दा खराब पासपोर्टमा नेपालको राहदानी

काठमाडौं, पुस २३ : संसारका सबैभन्दा खराब पासपोर्टको सूचीमा नेपालको राहदानी परेको छ।

राहदानीको बर्गिकरण गर्ने संसारका सबैभन्दा खराब पासपोर्टमा नेपालको राहदानी

काठमाडौं, पुस २३ : संसारका सबैभन्दा खराब पासपोर्टको सूचीमा नेपालको राहदानी परेको छ।

राहदानीको बर्गिकरण गर्ने हेन्ली पासपोर्ट इन्डेक्सले सन् २०२० मा नयाँ सूची सार्वजनिक गरेको छ। यो सूचीमा नेपालको राहदानी संसारका सबैभन्दा खराब राहदानीमा परेको छ।

हेन्ली पासपोर्ट इन्डेक्सले ‘फ्रि–भिसा’ र ‘अन अराइभल भिसा’का आधारमा राहदानीको सूची तयार गरेको हो। नेपालको राहदानीले ३८ देशमा मात्रै ‘फ्रि–भिसा’ र ‘अन अराइभल भिसा’ पाइने गरेको छ।

संसारका राहदानीको सूचीमा नेपाल अन्तिमबाट सातै स्थानमा छ। नेपालसँगै यो सूचीको एक सय एक नम्बरमा प्लोस्टाइन रहेको छ।

केही देशको राहदानी नेपालको भन्दा पनि खराब छ। जसमा १०२ नम्बरमा लिबिया, १०३ नम्बरमा यमन, १०४ नम्बरमा सोमालिया र पाकिस्तान, १०५ नम्बरमा सिरिया, १०६ नम्बरमा इराक र १०७ नम्बरमा अफगानिस्तान रहेको छ।

अफगानिस्तान सबैभन्दा पूछारमा छ। अफगानिस्तानको राहदानीले २६ देशमा मात्रै ‘फ्रि–भिसा’ र ‘अन अराइभल भिसा’ पाउने गरिएको छ।

त्यस्तै, सबैभन्दा राम्रो राहदानी जापानको छ। पहिलो नम्बरमा रहेको जापानको राहदानीले १९१ देशमा ‘फ्रि–भिसा’ र ‘अन अराइभल भिसा’ पाइने गरेको छ।

यसैगरि, दोस्रोमा सिंगापुरले १९०, तेस्रोमा साउथ कोरिया र जर्मनीले १८९, चौथोमा इटाली र फिनल्यान्डले १८८, पाँचौमा स्पेन, लग्जेम्बर्ग र डेनमार्क १८७, छैटौंमा स्विडेन र फ्रान्सले १८६ देशमा ‘फ्रि–भिसा’ र ‘अन अराइभल भिसा’ पाउने गरेका छन्।

उत्कृष्ट दश राहदानी भएका देशको सातौमा स्विट्जरल्यान्ड, पोर्चुगल, नेदरल्यान्ड, आयरल्यान्ड र अस्ट्रियाले १८५, आठौंमा अमेरिका, बेलायत, नर्बे, ग्रिस र बेल्जियमले १८४, नवौंमा न्यूजिल्यान्ड, माल्टा, चेज रिपब्लिक, क्यानाडा र अस्ट्रेलियाले १८३ तथा दशौंमा स्लोभाकिया, लिथुनिया र हंगेरीले १८१ देशमा ‘फ्रि–भिसा’ र ‘अन अराइभल भिसा’ पाउने गरेको उल्लेख छ।

प्रकाशित मिति: १३:४७ बजे, बुधबार, पुस २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्