Kathmandu Press

बालकोट पुगेर प्रधानमन्त्रीले भेटे ओलीलाई, के–के भयो कुराकानी ? 

बालकोट पुगेर प्रधानमन्त्रीले भेटे ओलीलाई, के–के भयो कुराकानी ? 

काठमाडौं, माघ २५ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन् । बुधबार बिहान बालकोट पुगेर प्रधानमन्त्रीले अ‍ोलीसँग भेटवार्ता गरेका हुन् ।  

भेटमा समसामयिक राजनीतिक परिस्थिती, मन्त्रिपरिषद्लाई पूर्णता दिने तथा फागुनमा हुने राष्ट्रपतिको निर्वाचनका विषयमा छलफल भएको बताइएको छ ।  

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपनि समर्थन कायम राखेकाले पुनः सरकारमा ल्याउने पहल गर्ने प्रधानमन्त्रीले बताएका थिए । एमाले अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्री पाउनुपर्ने अडान लिँदै आएको छ भने राष्ट्रपति निर्वाचनमा एमालेको उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आइरहेको छ । 

प्रधानमन्त्री प्रचण्ड भने आफू अनुकुलका व्यक्तिलाई राष्ट्रपतिमा ल्याउन चाहन्छन् । सत्ताको रस्साकस्सीले बर्तामान गठबन्धन टुट्ने चर्चा पनि भइरहेको छ । यी र यस्तै विषयहरुमा बालकोटमा प्रचण्ड र ओलीबीच छलफल भएको बताइएको छ । मंगलबार एमाले अध्यक्ष ओलीले बालुवाटार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका थिए।  

 

प्रकाशित मिति: १०:१९ बजे, बुधबार, माघ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्