Kathmandu Press

विप्लवले आज पत्रकार सम्मेलन गर्दै

हालै सम्पन्न भएको सो पार्टीको केन्द्रिय समिति बैठकका निर्णय, तत्कालिन केपी शर्मा ओली सरकारसँग भएको सम्झौता अनुसार बन्दि रिहाई तथा मुद्धा फिर्ता गर्ने सबालमा भएको ढिलाईलगायतका बिषयमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।
विप्लवले आज पत्रकार सम्मेलन गर्दै

काठमाडौं, माघ २५ : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले विशेष पत्रकार सम्मेलन गर्दै छ ।

बुधबार दिउँसो १ बजे काठमाडौँको जमल स्थित नाचघरबाट पत्रकार सम्मेलन गर्न लागेको नेकपाले जनाएको हो ।

हालै सम्पन्न भएको सो पार्टीको केन्द्रिय समिति बैठकका निर्णय, तत्कालिन केपी शर्मा ओली सरकारसँग भएको सम्झौता अनुसार बन्दि रिहाई तथा मुद्धा फिर्ता गर्ने सबालमा भएको ढिलाईलगायतका बिषयमा पत्रकार सम्मेलन गर्न लागिएको हो ।

पत्रकार सम्मेलनमा चन्दसहित खडगबहादुर विश्वकर्मालगायत शिर्ष नेताको उपस्थिति र सम्बोधन हुनेछ । सोही बिषयलाई लिएर चन्द नेतृत्वको टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेटघाट गरेको समेत थियो ।
 
प्रकाशित मिति: ०८:३५ बजे, बुधबार, माघ २५, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्