प्रहरीले जाहेरी लिन नमानेपछि लामिछानेविरूद्ध जिल्ला सरकारी वकिल कार्यालयमा पर्याे निवेदन

काठमाडाैं, माघ २४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्ध जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन परेको छ। राहदानीसम्बन्धी कसूरको जाहेरी प्रहरीले नलिएपछि जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन परेकाे हाे।
मंगलबार युवराज पौडेल (सफल)ले जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा पूर्व-उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेविरूद्धको जाहेरी जिल्ला प्रहरी परिसर टेकु काठमाडौंले दर्ता नगरेको भन्दै निवेदन दिएका हुन्।
उनले मुलुकी फौजदारी कार्यविधि संहिता ऐन २०७४ को दफा ५ बमोजिम कार्यालयमा निवेदन दिएका हुन्।
प्रकाशित मिति: २०:१६ बजे, मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

