वुमन्स प्रिमियर लिगको अक्सनको अन्तिम लिस्टमा परेनन् नेपाली खेलाडी

काठमाडाैं, माघ २४ : भारतका आयोजना हुने पहिलो संस्करणको वुमन्स प्रिमियर लिग (डब्लुपिएल)को अक्सनको अन्तिम लिस्टमा कुनै पनि नेपाली खेलाडी पर्न सकेनन् ।
अक्सनमा सहभागीमा नाम दर्ता नेपालका ५ खेलाडीलाई बाहिर राख्दै सहभागी हुने भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसिआई)ले अक्सनका लागि ४०९ जना खेलाडीको सूची सार्वजनिक गरेको छ।
अक्सनमा सहभागी हुन नेपाली राष्ट्रिय टिमकी कप्तान रुविना क्षेत्री, अलरान्डर सीता रानामगर, कविता कुँवर, फास्ट बलर, अश्मिना कर्मार्चा र व्याट्सम्यान इन्दू बर्माले नाम दर्ता गराएका थिए।
डुब्लुपिएलको अक्सनमा ८ एसोसिट्स खेलाडी परेका छन्। जसमा युएईका सर्वाधिक ४ खेलाडी पर्दा हङकङ, नेदरल्यान्ड्स, थाइल्यान्ड र अमेरिकाका समान १ खेलाडी परेका छन्। जसमध्ये कम्तिमा ५ खेलाडी अक्सनमा बिक्ने छन्। प्रत्येक टिमले अनिवार्य १ जना एसोसिएट खेलाडी किन्नु पर्ने नियम छ।
मार्च ४ बाट सुरु हुने प्रतियोगिताका लागि फ्रेबुअरी १३ मा मुम्बईमा हुने अक्सन हुने छ। अक्सनमा ५ टिमले ९० खेलाडीमाथि बोली लगाउने छन्। प्रत्येक टिमले अक्सनबाट कम्तिमा १५ र बढीमा १८ खेलाडी किन्ने छन्।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

