महानगरपालिकाले हटायाे सडक पेटीमा रहेकाे मैतीदेवी प्रहरी बिट

काठमाडाैं, माघ २४ : काठमाडौँ महानगरपालिकाले सडक पेटीबाट मैतीदेवी प्रहरी बिट हटाएको छ । आज मध्यान्न महानगर प्रहरी बलले उक्त स्थानमा रहेको संरचना हटाएको हो ।
प्रहरी बिटका लागि मैतीदेवी मन्दिर परिसरमा स्थान उपलब्ध गराइएको छ । हामीले आपसी समन्वय र व्यवस्थापनका लागि गृहकार्य गरेर काम अगाडि बढाएका हौँ । वडाध्यक्ष कुश ढकाल भन्छन, ‘चोक सुधार र सौन्दर्यका लागि प्रयास गरेका हौँ ।’
सडक पेटीमा पैदल यात्रीलाई निर्वाध हिँड्न पाउने प्रबन्ध मिलाउन हामीले नेपाल प्रहरीसँग समन्वय गरेर संरचना हटाएका हौँ । महानगर प्रहरी बलका प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेका अनुसार संरचनाभित्र रहेका सामान सारेर खाली गराइएको हो ।
प्रकाशित मिति: १८:३७ बजे, मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

