Kathmandu Press

देउवा प्रमुख विपक्षी दलका नेता हुन नसक्ने दाबी गरिएको रिट सर्वोच्चमा दर्ता 

देउवा प्रमुख विपक्षी दलका नेता हुन नसक्ने दाबी गरिएको रिट सर्वोच्चमा दर्ता 

काठमाडौं, माघ २४ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रमुख विपक्षी दलको नेता नबनाउन माग गरिएको रिट सर्वोच्च अदालतले दर्ता गरेको छ ।

अधिवक्ता विमलप्रसाद पोखरेलले देउवा विपक्षी दलको नेता हुन नसक्ने दाबी सहित पेश गरेको निवेदन सर्वोच्च अदालतको प्रशासनले दरपीठ गरिदिएको थियो । दरपीठविरुद्ध परेको निवेदनमा सुनुवाई गर्दै बिहीबार न्यायाधीश सपना प्रधान मल्लको इजलासले उक्त निवेदन दर्ता गर्न आदेश दिएको थियो । 

सोही आदेशबमोजिम मंगलबार सर्वोच्च अदालतमा उक्त रिट निवेदन दर्ता भएको हो ।  

अधिवक्ता पोखरेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई कांग्रेसले पनि विश्वासको मत दिएको कारण उक्त दलको नेताले प्रमुख विपक्षी दलका नेताको मान्यता नपाउने दाबी गरेका छन् ।     

सर्वोच्च अदालतले बुधबारका लागि निवेदनमाथि प्रारम्भिक सुनुवाइको मिति तोकेको छ ।

रिट निवेदनमा देउवाका साथै संघीय संसद सचिवालय, सभामुख, संवैधानिक परिषद र कांग्रेस संसदीय दलको कार्यालयलाई पनि विपक्षी बनाइएको छ ।

प्रकाशित मिति: १७:३९ बजे, मंगलबार, माघ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्