Kathmandu Press

चितवन–२ का मतदातालाई कांग्रेसले अभिभावकत्व दिन्छ : डा. कोइराला 

चितवन–२ का मतदातालाई कांग्रेसले अभिभावकत्व दिन्छ : डा. कोइराला 
फाइल तस्बिर

काठमाडौं, माघ २४ : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले चितवन क्षेत्र नं २ का मतदातालाई अभिभावकविहीन नठान्न आग्रह गरेका छन् । नेपाल प्रेस युनियन बागमती प्रदेशको प्रथम अधिवेशन आज सौराहामा उद्घाटन गर्दैै उनले यस क्षेत्रका प्रतिनिधिसभा सदस्य रिक्त रहे पनि मतदातासँगसँगै कांग्रेस रहेको बताएका छन् । 

चितवन क्षेत्र नं २ बाट निर्वाचित सांसद रवि लामिछानेको सांसद पद सर्वोच्च अदालतले खारेज गरेपछि यहाँ उपनिर्वाचन हुँदैछ । कोइरालाले भने, ‘तपाइँ मतदाताहरुले फेरि दुःख पाउनु प¥यो । ढुक्क भएर लोकतान्त्रिक शक्तिलाई जिताउनेतर्फ तपाइँहरू लाग्नुस् ।’
 
उनले अन्य राजनैतिक दलहरुसँग छलफल गरेर राष्ट्रपतिमा कांग्रेसको उम्मेदवारलाई विजयी गराउने बताए। नेता कोइरालाले भने, ‘सत्तासीन केही दलले कांग्रेसले भाँजो हाल्न खोज्यो भनेका छन् तर हामी संसद्को ठूलो दल भएकाले हाम्रो जिकिर यसमा रहन्छ ।’

प्रतिपक्षमा रहेर आफ्नो भूमिका निर्वाह गर्ने उनको भनाइ थियो । राष्ट्रपतिको निर्वाचनमा कांग्रेसले आफ्नो उम्मेदवारलाई विजयी गराउने गरी अघि बढेको नेता कोइरालाले बताए। प्रतिपक्षी भनेको ‘गभरमेन्ट इन वेटिङ’ रहेको उनको भनाइ थियो । अहिले देश अत्यन्तै अफ्ठ्यारो मोडमा रहेको बताउँदै नेता कोइरालाले यसलाई कसरी समाधान गर्ने भन्ने विषमा कांग्रेसमा छलफल भइरहेको बताए। 

 

प्रकाशित मिति: १५:५७ बजे, मंगलबार, माघ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्