Kathmandu Press

सहकार्य र समन्वयबाट सभा सञ्चालन गर्छु : उपाध्यक्ष अर्याल

सहकार्य र समन्वयबाट सभा सञ्चालन गर्छु : उपाध्यक्ष अर्याल

काठमाडौं, माघ २४ : राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रियसभाको गरिमालाई कायम राखी सम्पूर्ण सासंदको सहकार्य र समन्वयबाट निपष्क्ष रुपमा सभा सञ्चालन गर्न सक्दो प्रयास गर्ने बताएकी छन् । 

सिंहदरबारस्थित संसद् भवनमा पदवहालीपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले महिला सांसदको भूमिकालाई प्रभावकारी तुल्याउन आफूले विशेप ध्यान दिने बताइन्। 

‘राष्ट्रियसभा र प्रतिनिधिसभाका महिला सासंदलाई मुखरित गरेर महिला मुद्दालाई विशेष ध्यान दिई सहयोगको अनुकूल वातावरण सिर्जना गर्छु,’ उनले भनिन्।  उपाध्यक्ष पदको सानो भूमिकालाई प्रभावकारी बनाउन नयाँ शैलीबाट अगाडि बढ्ने उनको भनाइ छ। 

विंसं २०१३ असोज २० गते साविक जगरनाथपुर गाउँपालिका–५ मसिहानी, पर्सामा जन्मिएकी अर्याल हाल वीरगञ्ज महानगरपालिका–२३, गण्डक चोक निवासी हुन्।  । तत्कालीन नेकपाको चौथो महाधिवेशनबाट वामपन्थी आन्दोलनमा लागेकी अर्याल गतवर्ष भएको राष्ट्रियसभाको निर्वाचनमा मधेस प्रदेशबाट निर्वाचित भएकी थिइन्। 

समाजशास्त्रमा स्नातकोत्तर गरेकी उनी विद्यावारीधिको शोधार्थी हुन् । उनी यसअघि अखिल नेपाल महिला सङ्घको केन्द्रीय अध्यक्ष र  महिला विकास अधिकृतका रुपमा समेत काम गरिसकेकी छन्। 

तत्कालीन उपाध्यक्ष शशीकला दहालको कार्यकाल सकिएपछि विगत एक वर्षदेखि उपाध्यक्षको पद खाली रहँदै आएको थियो । उनी विंसं २०७८ माघ १२ गते राष्ट्रियसभा सदस्यमा निर्वाचित भएकी थिइन्। 

प्रकाशित मिति: १५:४२ बजे, मंगलबार, माघ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्