Kathmandu Press

मैतिदेवी प्रहरी विटमा महानगरले चलायो डोजर 

मंगलबार मध्याह्न पुगेको नगर प्रहरीको टोलीले मैतिदेवी चोकमा रहेको प्रहरी बिट हटाउन डोजर चलाएको हो । महानगर प्रहरी प्रमुख राजु पाण्डेले प्रहरीकै सहकार्यमा बिट हटाइएको जानकारी दिएका छन् । 
मैतिदेवी प्रहरी विटमा महानगरले चलायो डोजर 

काठमाडौं, माघ २४ : काठमाडौं महानगरपालिकाले मैतिदेवीस्थित प्रहरी विटको कार्यालयमा डोजर चलाएको छ । 

मंगलबार मध्याह्न पुगेको नगर प्रहरीको टोलीले मैतिदेवी चोकमा रहेको प्रहरी बिट हटाउन डोजर चलाएको हो । महानगर प्रहरी प्रमुख राजु पाण्डेले प्रहरीकै सहकार्यमा बिट हटाइएको जानकारी दिएका छन् । 

सडक अतिक्रमण गरी बिट बनाइएको भन्दै मंगलबार मध्याह्न डोजरसहित पुगेको महानगरको टोलीले प्रहरीलाई बिट हटाउन आग्रह गरेको थियो । प्रहरीले बिटमा रहेको सामान सारेपछि डोजर चलाइएको हो । 

महानगर प्रहरी प्रमुख पाण्डेले प्रहरी विट अर्को ठाउँमा व्यवस्थापन गरेर मैतीदेवी चोकमा रहेको प्रहरी विट हटाउन लागिएको बताए ।

प्रकाशित मिति: १३:०१ बजे, मंगलबार, माघ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्