Kathmandu Press

राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण 

राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालद्वारा पदभार ग्रहण 

काठमाडौं, माघ २४ : राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पदभार ग्रहण गरेकी छन् । 

मंगलबार सपथ ग्रहण गरेलगत्तै उपाध्यक्ष अर्यालले सिंहदरबारस्थित संसद सचिवालयको कार्यालयमा पुगेर अर्यालले पदभार ग्रहण गरेकी हुन् । पदभार ग्रहण गरेसँगै उनले संघीय संसदमा महिला सदस्यहरुका लागि संसदीय भूमिका प्रभावकारी बनाउने सम्बन्धनमा अन्तरक्रिया कार्यक्रम गर्ने निर्णयमा हस्ताक्षर गरेकी छन् । 

अर्याल सोमबार राष्ट्रिय सभाको उपाध्यक्षमा निर्विरोध निर्वाचित भएकी थिइन् । सत्ता गठबन्धनबाट माओवादी केन्द्रकी उम्मेदवार रहेकी अर्यालविरुद्ध कांग्रेसले उम्मेदवारी नदिएपछि निर्विरोध रुपमा चयन भएकी हुन् । 
 
पर्साको जगरनाथपुर गाउँपालिकामा २०१३ मा जन्मिएकी उनी २०७० मा एमालेबाट माओवादीमा प्रवेश गरेकी थिइन् । राष्ट्रिय सभाको उपाध्यक्ष निर्वाचित हुनुअगाडि उनी माओवादी केन्द्रको स्थायी समिति सदस्य थिइन्। 

प्रकाशित मिति: १२:५३ बजे, मंगलबार, माघ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्