Kathmandu Press

बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल 

भेटमा राष्ट्रपतिको निर्वाचन र सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको बताइएको छ ।
बालुवाटारमा प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच छलफल 

काठमाडौं, माघ २४ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् । 

मंगलबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर अध्यक्ष ओलीले प्रचण्डसँग छलफल गरेका हुन् ।  

भेटमा राष्ट्रपतिको निर्वाचन र सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको बताइएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिएपछि रिक्त रहेको मन्त्रालयका बारेमा ओली र प्रचण्डबीच सामान्य छलफल भएको बताइएको छ । 

त्यस्तै फागुनमा हुने राष्ट्रपतिको निर्वाचनका विषयमा विशेष छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री प्रचण्डले राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्ने अडान लिइरहँदा ओलीले भने एमालेले उठाउने उम्मेदवारमा राष्ट्रिय सहमति हुनुपर्ने बताउँदै आएका छन् । 

राष्ट्रपतिकै विषयमा लिएर अहिलेको सत्ता गठबन्धनमा फाटो आउन सक्ने आकलन भइरहँदा ओलीले लगातार रुपमा प्रधानमन्त्रीलाई भेटेर सरकार गठनअघि भएको भद्र सहमति कार्यान्वयनका लागि दबाब दिँदै आइरहेका छन् । 


 

प्रकाशित मिति: १२:४५ बजे, मंगलबार, माघ २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्