राष्ट्रिय सभाकी उपाध्यक्ष अर्यालले लिइन् पद तथा गोपनीयताको सपथ

काठमाडौं, माघ २४ : राष्ट्रिय सभाकी नवनिर्वाचित उपाध्यक्ष उर्मिला अर्यालले पद तथा गोपनीयताको सपथ ग्रहण गरेकी छन् ।
मंगलबार राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहकाबीच उपाध्यक्ष अर्याललले सपथ ग्रहण गरेकी हुन् । उनलाई राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सपथ ग्रहण गराएका हुन् ।
सपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे लगायत उपस्थित थिए ।
अर्याल माओवादी केन्द्रबाट राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित भएकी थिइन् । नेपाली कांग्रेसले उम्मेदवारी नदिएपछि उनी सोमबार निर्विरोध निर्वाचित भएकी थिइन् ।
प्रकाशित मिति: ११:४० बजे, मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

