उच्च पहाड र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
आज बिहान भने देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू–भागमा अहिले हुस्सु र कुहिरो लागिरहेको छ ।
काठमाडौं, माघ २४ : पश्चिमी वायुको सामान्य प्रभाव रहँदा आज केही प्रदेशमा हिमपातको सम्भाना रहेको छ । विभिन्न प्रदेशका उच्च पहाड र हिमाली क्षेत्रमा आज हिमपातको सम्भावना रहेको हो ।
आज बिहान भने देशका पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही भू–भागमा अहिले हुस्सु र कुहिरो लागिरहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
प्रदेश–१, वाग्मती, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।
आज राति देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । विभागले प्रदेश–१, वाग्मती, गण्डकी प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाएको छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना तथा तराईका भू–भागमा बिहानीपख हुस्सु लागेकाले दैनिक जनजीवनमा सामान्य प्रभाव पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन विभागको आग्रह छ ।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

