डिजेल, पेट्रोल र मट्टितेलको मूल्य वढ्यो
नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर रु तीनले बढाई पेट्रोलमा रु एक सय ७८ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक सय ७५ कायम गरिएको हो । ।
काठमाडौं, माघ २४ : सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ ।
नेपाल आयल निगमका अनुसार डिजेल, पेट्रोल र मट्टितेलको साबिक खुद्रा मूल्यमा प्रतिलिटर रु तीनले बढाई पेट्रोलमा रु एक सय ७८ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर रु एक सय ७५ कायम गरिएको हो । ।
वृद्धि गरिएको मूल्य हिजो राति १२ बजेदेखि लागू हुनेछ । हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्य भने यथावत् राखिएको छ ।
निगमद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ, ‘अनुमानित नोक्सानीको अवस्थालाई मध्यनजर गर्दै निगम व्यवस्थापनको २०७९/१०/२३ को निर्णयअनुसार आज राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल÷मट्टितेलको साबिकको खुद्रा बिक्रीमा वृद्धि गरिएको छ ।’
प्रकाशित मिति: ०७:३७ बजे, मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)