Kathmandu Press

एमाले केन्द्रीय कमिटी बैठक स्थगित

एमालेले निर्वाचन समीक्षा, आगामी राष्ट्रियसभा उपनिर्वाचन, समसामयिक राजनीति, संगठन सुदृढीकरणलगायतका विषयमा छलफल गर्न माघ २९ र फागुन १ गते केन्द्रीय कमिटी बैठक बोलाएको थियो।
एमाले केन्द्रीय कमिटी बैठक स्थगित
फाइल तस्बिर ।

काठमाडौं, माघ २३ : नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक स्थगन भएको छ।

एमाले प्रचार विभाग उपप्रमुख विष्णु रिजालले तयारी नपुगेकाले बैठक स्थगन गर्नुपरेको बताए। उनले चाँडै नै बैठकको मिति तय गरिने जनाए।

एमालेले निर्वाचन समीक्षा, आगामी राष्ट्रियसभा उपनिर्वाचन, समसामयिक राजनीति, संगठन सुदृढीकरणलगायतका विषयमा छलफल गर्न माघ २९ र फागुन १ गते केन्द्रीय कमिटी बैठक बोलाएको थियो।

प्रकाशित मिति: २१:२२ बजे, सोमबार, माघ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्