मधेसमा थपिँदै माओवादीका दुई मन्त्री
मंगलबार दिउँसो १ बजे मन्त्री र राज्यमन्त्रीको सपथग्रहण कार्यक्रम तय गरिएको छ।
धनुषा, माघ २३ : नेकपा माओवादी केन्द्रले मधेस प्रदेशमा सहभगाी हुने मन्त्रीको नाम टुंगो लगाएको छ। योसँगै मधेस सरकारले पूर्णता पाउने भएको छ।
प्रदेश सरकारमा सहभागी नभएको माओवादी केन्द्रले आज मन्त्री र राज्य मन्त्रीको टुंगो लगाएको हो । उद्योग, पर्यटन तथा वन मन्त्रालयमा सुनिता यादव र राज्यमन्त्रीमा रहबर अन्सारीलाई पठाउने माओवादीले निर्णय भएको मधेस प्रदेश संसदीय दलका नेता भारतप्रसाद साहले जानकारी र्दिए।
अहिले सो मन्त्रालय मुख्यमन्त्री सरोजकुमार यादवले सम्हाल्दै आएका छन् । मंगलबार दिउँसो १ बजे मन्त्री र राज्यमन्त्रीको सपथग्रहण कार्यक्रम तय गरिएको छ । यससँगै मधेस प्रदेश सरकारमा पहिलोपटक दुई महिला क्याबेनिट मन्त्री हुने भएका छन्।
प्रकाशित मिति: १९:२६ बजे, सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

