Kathmandu Press

सुदूरपश्चिमका मुख्यमन्त्री रावलले बुधबार विश्वासको मत लिने

नेकपा एमालेका संसदीय दलका नेता रावल माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्री भएका हुन् । तर, उनले विश्वासको मत पाउने नपाउने अझै यकिन हुन सकेको छैन ।
सुदूरपश्चिमका मुख्यमन्त्री रावलले बुधबार विश्वासको मत लिने

धनगढी, माघ २३ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले बुधबार विश्वासको मत लिने भएका छन्। पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका रावलले २६ गतेभित्र विश्वासको मत लिनैपर्ने संवैधानिक बाध्यता छ।

नेकपा एमालेका संसदीय दलका नेता रावल माओवादी केन्द्र, नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा मुख्यमन्त्री भएका हुन् । तर, उनले विश्वासको मत पाउने नपाउने अझै यकिन हुन सकेको छैन । नागरिक उन्मूक्ति पार्टीले विश्वासको मतको विषयमा कुनै निर्णय नगरेकाले अन्योलको स्थिति बनेको हो।

विश्वासको मत दिने नदिने विषयमा आफूहरु छलफल रहेको नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लक्ष्मण थारुले बताए । छलफलमै रहेका विश्वासको मतका विषयमा निर्णय भइनसकेको बताए।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा नागरिक उन्मुक्तिका ७ सांसद छन् । यो संख्या प्रदेशको सरकार निर्माणदेखि संसद्का हरेक प्रक्रियामा निर्णायक छ।

तर, एमाले र माओवादीका नेताहरूले भने नागरिक उन्मुक्ति विश्वासकाे मत दिने बताउँदै आएका छन्।

प्रकाशित मिति: १८:५८ बजे, सोमबार, माघ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्