राष्ट्रिय सरोकारका विषयमा प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीबीच छलफल

काठमाडौं, माघ २३ : राष्ट्रिय सुरक्षा, सीमा सुरक्षालगायतका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज आयोजित छलफलमा गृह, रक्षा, परराष्ट्र मन्त्रालयका सचिव, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका प्रमुख र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखलगायतको सहभागिता थियो ।
प्रधानमन्त्री दाहालका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाका अनुसार राष्ट्रिय सरोकारका विषयमा छलफल भएको हो । छलफलमा पूर्वप्रधानमन्त्रीको हैसियतमा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीलाई आमन्त्रण गरिएको तिमिल्सिनाले जानकारी दिए।
प्रकाशित मिति: १७:५७ बजे, सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

