Kathmandu Press

पल शाहविरुद्धको मुद्दा : १५ दिनभित्र दुबै पक्षलाई उपस्थित हुन उच्च अदालतको आदेश

सोमबार उच्च अदालत पोखराका न्यायाधीश डिल्लीराज आचार्य र ऋषि राजभण्डारीको संयुक्त इजलासले दुबै पक्षलाई अदालत उपस्थित गराउन १५ दिनको समय दिएको हो ।
पल शाहविरुद्धको मुद्दा : १५ दिनभित्र दुबै पक्षलाई उपस्थित हुन उच्च अदालतको आदेश

काठमाडौं, माघ २३ : अभिनेता पल शाहलाई १५ दिनभित्र उपस्थित गराउन उच्च अदालत कास्कीले आदेश दिएको छ । शाहविरुद्ध लागेको बाल यौन दुराचारको मुद्दामा सुनुवाई गर्दै उच्च अदालतले दुबै पक्षलाई १५ दिनभित्र अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

यौन दुराचार मुद्दामा नवलपरासी जिल्ला अदालतको फैसलाविरुद्ध पल शाह र जिल्ला सरकारी वकिलको कार्यालय दुबैले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए । 

सोमबार उच्च अदालत पोखराका न्यायाधीश डिल्लीराज आचार्य र ऋषि राजभण्डारीको संयुक्त इजलासले दुबै पक्षलाई अदालत उपस्थित गराउन १५ दिनको समय दिएको हो ।अब १५ दिनभित्र पल शाहलाई उच्च अदालत कास्कीमा उपस्थित गराउनुपर्नेछ।

एक नाबालिग गायिकामाथि बलात्कार गरेको आरोपमा अभिनेता शाहमाथि जिल्ला अदालत तनहुँ र जिल्ला अदालत नवलपरासीमा मुद्दा परेको थियो । जिल्ला अदालत तनहुँले शाहलाई सफाइ दिएको थियो । 

जिल्ला अदालत नवलपरासी पूर्वले बलात्कार मुद्दामा सफाइ दिँदै बाल यौन दूराचारको आरोपमा शाहलाई २ वर्ष कैद र १० लाख रुपैयाँ क्षतिपूर्तीको फैसला गरेको थियो । 

 

प्रकाशित मिति: १७:४१ बजे, सोमबार, माघ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्