Kathmandu Press

सांसद अरुण चौधरीको रिटमा उच्च अदालतले दिएन अन्तरिम आदेश 

उच्च अदालतले सो मुद्दामा अन्तरिम आदेश  जारी गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गर्न माघ २९ गते दुबै पक्षलाई डाकेको छ । 
सांसद अरुण चौधरीको रिटमा उच्च अदालतले दिएन अन्तरिम आदेश 

काठमाडौं, माघ २३ : नागरिक उन्मुक्ति पार्टीका सांसद अरुणकुमार चौधरीको रिटमा उच्च अदालत दिपायलले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।  

एक दशकअघिको मुद्दामा थुनामा परेका चौधरीले जिल्ला अदालत कैलालीले गरेको फैसलाबारे जानकारी नभएको भन्दै आफ्नो मुद्दामा दिएको म्याद बदर गरी थुनामुक्त गर्न माग गर्दै उच्च अदालतमा रिट दायर गरेका थिए । 

उनले दायर गरेको रिटमा न्यायाधीश अर्जुनप्रसाद कोइरालाको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । उच्च अदालतले जिल्ला अदालत, जिल्ला सरकारी वकिलको कार्यालय र जिल्ला प्रहरी कार्यालय कैलालको नाममा कारण देखाउ आदेश जारी गरको छ । त्यस्तै अन्तरिम आदेश जारी गर्नुनपर्ने कारण वा प्रमाण भए १५ दिनभित्र अदालतमा उपस्थित हुन पनि आदेश भएको छ । 

उच्च अदालतले सो मुद्दामा अन्तरिम आदेश  जार गर्ने कि नगर्ने भन्ने विषयमा छलफल गर्न माघ २९ गते दुबै पक्षलाई डाकेको छ । 

१३ वर्ष अघिको आगजनी मुद्दामा सांसद चौधरीसहितका तीन जनालाई जिल्ला अदालत कैलालीले ६ महिना कैद र ८ लाख बढी रूपैयाँ क्षतिपूर्ति तिर्न आदेश दिएको थियो ।सोही मुद्दामा प्रहरीले चौधरीलाई केहि दिन अघि बाँकेबाट पक्राउ गरेको थियो । चौधरी हाल कैलाली कारागारमा थुनामा छन् ।

प्रकाशित मिति: १७:२८ बजे, सोमबार, माघ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्