कांग्रेस सरकारमा जाँदैनः नेता कोइराला

काठमाडौं, माघ २३ : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले काङ्ग्रेस सरकारमा सहभागी नहुने बताएका छन् ।
सोमबार पत्रकारहरुसँगको कुराकानीमा डा. कोइरालाले राष्ट्रपति पदमा कांग्रेसको उम्मेदार हुने भए पनि काङ्ग्रेस अहिले नै सरकारमा सहभागी नहुने स्पष्ट पारेका हुन् । ‘कांग्रेस प्रतिपक्षमै बसेर सरकारलाई खबरदारी गर्छ,’ उनले भने ।
राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिको प्रयास गरिने पनि उनको भनाइ छ । राष्ट्रपति पद संविधानको रक्षाका लागि भएको भन्दै संविधानको रक्षा गर्नु सबैको जिम्मेवारी भएको उनको भनाइ छ ।
फरक प्रसङ्गमा बोल्दै उनले प्रेस स्वतन्त्रता बिना लोकतन्त्र पूर्ण नहुने बताए। लोकतन्त्र बिना विकास सम्भव नहुने भन्दै उनले प्रेस स्वतन्त्रता कांग्रेसका लागि महत्वपूर्ण भएको बताए। ‘आलोचना सहन नसक्ने व्यक्तिले राजनीति गर्नु हुँदैन, राजनीतिमा सहनशिलता चाहिन्छ,’ उनले भने, ‘सञ्चारमध्यामको काम खबरदारी गर्ने हो, अन्यथा मान्नु हुँदैन ।’









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

