‘सबै नागरिकको पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउन सरकार प्रतिबद्ध छ’

काठमाडौं, माघ २३ : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न सरकार लागिपरेको बताएका छन्।
झापाको विर्तामोड–२ स्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाको आज आयोजित दशौँ विस्तारित भेलामा उहाँले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवा अभिवृद्धि गर्न सरकार लागिपरेको बताएका हुन् ।
‘सबै नागरिकलाई स्वास्थ्य बीमामा समेट्ने योजनाका साथ सरकार अघि बढेको छ,’ मन्त्री गिरीले भने, ‘स्वास्थ्य बीमामा वैज्ञानिक प्रणाली लागू गरेर अझ व्यवस्थित र परिस्कृत बनाउँछौँ।’ स्वास्थ्य बीमाबाट उपचार गराउन घण्टौँ लाइनमा बसेर गुणस्तरहीन औषधि लिएर जानुपर्ने बाध्यता रहेको उल्लेख गर्दै उनले अब त्यस्तो अवस्था अन्त्य हुने जिकिर गरे।
‘पालिकास्तरका स्वास्थ्य संस्थामा गुणस्तरीय सेवा प्रवाहका लागि आवश्यक पूर्वाधार र जनशक्तिको व्यवस्था गरिनेछ,’ मन्त्री गिरीले भने, ‘सात वटै प्रदेशमा सुविधा सम्पन्न अस्पताल बनाउँदै छौँ।’
भाषणमा भन्दा काम गरेरै देखाए जनतामा सरकारप्रति विश्वास बढ्ने हुँदा विगतका कमी÷कमजोरीलाई पहिल्याएर ठोस योजनाका साथ अघि बढ्नुपर्नेमा जोड दिँदै उनले उपचार नपाएर मर्नुपर्ने र उपचार गराएर उठिबास हुने वर्तमान अवस्था अन्त्य गर्नु सरकारको दायित्व रहेको बताए।
संस्थाका अध्यक्ष हरिबहादुर राजवंशीको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका प्रमुख कार्यकारी अधिकृत महेन्द्र गिरीले संस्थाको आगामी कार्यक्रमबारे जानकारी गराएका थिए।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

