पूर्वाधारका क्षेत्रमा लगानी गर्ने विषयमा उपप्रधानमन्त्रीसँग छलफल

काठमाडौं, माघ २३ : उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र एशियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंकबीच नेपालमा पूर्वाधारका क्षेत्रमा लगानी गर्ने विषयमा छलफल भएको छ ।
बैंकले पूर्वाधारको क्षेत्रमा लगानी गर्न चासो देखाएपछि छलफल गरिएको मन्त्रालयले जनाएको छ । बैंकका प्रतिनिधिले उपयुक्त परियोजनाको छनोट गरेर लगानी गर्ने बताएका छन् ।
भेटमा उपप्रधानमन्त्री श्रेष्ठले बैंकको अनुदानमा पूर्वाधार निर्माणको सम्भावनाका विषयमा जिज्ञासा राखेका थिए । उनले बैंकका प्रतिनिधिसमक्ष सरकारको लक्षित योजनामा लगानी गर्न आग्रह गरेका थिए।
बैठकमा मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, सहसचिव शिव नेपाललगायत सहभागी थिए।
प्रकाशित मिति: १५:०७ बजे, सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

