Kathmandu Press

बर्दघाटमा पनि स्रोतमै वर्गीकरण गरेर फोहर सङ्कलन सुरु

बर्दघाटमा पनि स्रोतमै वर्गीकरण गरेर फोहर सङ्कलन सुरु
फाइल तस्बिर

नवलपरासी, माघ २३ : सात पालिका रहेको नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम) को बर्दघाट नगरपालिकाले पहिलो पटक स्रोतमै वर्गीकरण गरेर फोहर सङ्कलन गर्ने कार्य थालनी गरेको छ । स्रोतमै फोहोर वर्गीकरण गरेर सङ्कलन गर्ने कार्यको थालनी गरिएको हो । 
    
नगरपालिकाले ३० बुँदे कार्ययोजनाअन्तर्गत कुहिने नकुहिने र शिशाजन्य गरेर तीन प्रकारका फोहरलाई छुट्टाछुट्टै सङ्कलन गर्ने व्यवस्था मिलाइएको नगर प्रमुख शम्भुलाल श्रेष्ठले जानकारी दिए। 

नगर क्षेत्रबाट उत्पादन हुने फोहरको स्रोतबाट नै वर्गीकरण गरेर उचित व्यवस्थापन गर्ने तयारी गरिरहँदा कोही कसैले आनाकानी तथा आलटाल गरे र अवरोध गरे तत्काल नगरबाट दिने सेवा बन्द गर्ने नगरपालिकाले जनाएको छ ।

Hardik ivf

नेपालको संविधानले प्रदान गरेको स्थानीय तहको अधिकारलाई प्रयोग गर्दै फोहरमैला व्यवस्थापन कार्यान्वयनका लागि अभियान सुरु गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताए। 

प्रचलित कानुनबमोजिम पाँच हजारदेखि रु एक लाखसम्म जरिवाना गर्नेगरी अभियानलाई अघि बढाइएको छ । यसैबीच बर्दघाट–४ को जङ्गल क्षेत्रमा ल्यान्डफिलसाइट समेत बनाउने गरी कार्य थालनी गरिएको नगरपालिकाले जनाएको छ ।

नगर प्रमुख श्रेष्ठले नगरसभा र नगर कार्यपालिकाबाट नै नीतिगत निर्णय गरेर आवश्यक कार्यविधि तथा कानुन बनाएर फोहर वर्गीकरण अभियानमा लागेको बताए। नगरपालिकाले फोहर व्यवस्थापनलाई उच्च प्राथमिकतामा राख्दै आएको छ । फोहर सङ्कलनको जिम्मा पाएको बर्दघाट बजार विकास समितिले २२ टोलबाट सङ्कलन गरेको फोहर अहिले वर्गीकृत भएर प्रशोधन स्थलमा पुग्ने गरेपछि फोहरको चापसमेत घट्दै गएको छ।  

प्रकाशित मिति: १४:४३ बजे, सोमबार, माघ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्