Kathmandu Press

अनाथालयका प्रमुख चन्दमाथि बालिका बलात्कारको आरोप

'बालिकाको अनाथालयमा रक्तश्राप नभएको भए घटना बाहिर नै आउने थिएन,' महेन्द्रनगरस्थितस्थित कञ्चन विद्या मन्दिरमा स्नातक तहमा अध्ययन प्रकृति भट्टले भनिन्,
अनाथालयका प्रमुख चन्दमाथि बालिका बलात्कारको आरोप

महेन्द्रनगर, माघ २३ : मानसिक अवस्था स्थिर नभएकी एक बालिकालाई एक वर्षदेखि प्रलोभनमा पारेर जबरर्जस्ती करणी गरेको अभियोग अनाथालयकै कार्यालय प्रमुख ५१ वर्षीय शंकरबहादुर चन्दमाथि अहिले लागेको छ।

दुई वर्षअघि कञ्चनपुरको महेन्द्रनगरस्थित बाल अनाथालयमा बेसहारा १४ वर्षीया ती बालिकाले आश्रय पाएकी थिइन्।त्यहाँ दुई नाबालिकाले आफूहरूमाथि बलात्कार गरेको प्रहरीसमक्ष बयानसमेत दिएका प्रहरी स्रोतको भनाइ छ। एक साताअघि महेन्द्रनगरस्थित समाज कल्याण बाल अनाथालयका एक नाबालिकामाथि पनि अनाथालयमै जबरर्जस्ती करणी गरेको आरोप लागेका कार्यालय प्रमुख चन्द यतिबेला कञ्चनपुर जिल्ला प्रहरी कार्यालयको हिरासतमा छन्।

'उनले बालिकालाई टिभी हेराउने बहनामा कार्यकक्षमै लगेर बलात्कार गर्ने गरेको अन्य बालिकाले देखेको कुरो पनि छ,' अनाथालयकै एक कर्मचारीले भने, ' बालिका गर्भवती भएपछि चन्दले नै गर्भ तुहाउने औषधि सेवन गराएपछि अत्यधिक रक्तश्राप हुँदा घटना बाहिरिएको हो।'

यता प्रहरीले उक्त घटनाको सूक्ष्म अनुसन्धान गरिरहेको जनाएको छ। प्रहरी निरीक्षक भरतराज गिरीले आरोपित चन्दलाई हिरासतमा राखी जबरजस्ती करणी मुद्दामा सात दिन म्याद थप गराएर  अनुसन्धान अघि बढाइएको जानकारी दिए। 'अन्य कागजात जुटाउनेदेखि घटनाको सबै कोणबाट अनुसन्धान हुदैछ।' उनले भने, 'बालिकालाई शान्ति पुनःस्थापना गृहको संरक्षणमा राखिएको छ।'

गत माघ १७ गते प्रहरीले बालिकामाथि बलात्कारको सूचना प्राप्त गर्नासाथ चन्दलाई नियन्त्रणमा लिएको थियो।
टुहुरा बालबालिकाको आश्रयस्थलमै बालबालिकामाथि संरक्षकबाटै भएका यौन दुर्व्यवहारका घटनाप्रति यहाँ सर्वत्र विरोध भइरहेको छ। महेन्द्रनगरमा विद्यार्थीले जिल्ला प्रहरी कार्यालय, भीमदत्त नगरपालिका र जिल्ला प्रशासन कार्यालयमा बलात्कारीलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका छन्।

'घटनाको अनुसन्धानमा कुनै कसर बाँकी राख्नुहुँदैन,' नेपाल विद्यार्थी संघकी नेतृ सञ्जु अधिकारीले भनिन्, 'बालिकामाथि अभिभावकीय भूमिका निर्वाह गर्ने व्यक्तिबाटै दुर्व्यवहार हुनु निकै असह्य घटना हो।' विद्यार्थीले बालबालिकाको सुरक्षाको विषयमा सरोकारवाला निकाय सचेत हुनुपर्नेमा जोड पनि दिए।

'बालिकाको अनाथालयमा रक्तश्राप नभएको भए घटना बाहिर नै आउने थिएन,' यहाँस्थित कञ्चन विद्या मन्दिरमा स्नातक तहमा अध्ययन प्रकृति भट्टले भनिन्, 'सामान्य अवस्थामा पनि अनाथालय समितिका पदाधिकारीले बालबालिकाको मनोभावना नबुझ्ने र सुरक्षाको विषयमा सचेत नभएका कारण पनि यस्ता घटना भइरहेका छन्।'

उनले महिला तथा बालबालिकाको सुरक्षा र बलात्कारजस्तो जघन्य अपराधमा सुक्ष्म अनुसन्धान गरी दोषीलाई कारबाही नगरेसम्म घटना बढ्दै जानेप्रति चिन्ता व्यक्त गरे। समाज कल्याण अञ्चल बाल अनाथालयका अध्यक्ष पूर्णबहादुर चन्दले प्रेस विज्ञप्ति जारी गरी बालिकामाथि यौन दुर्व्यवहार गर्ने अपराधीमाथि छानबिन गरी कारबाही हुनुपर्नेमा जोड दिए।

बाल अनाथलयजस्तो पवित्र संस्थामा यसप्रकारको घटना हुनु अति नै दुख्द विषय भएकाले उक्त घटनाको अनुसन्धानका लागि अनाथालय व्यवस्थापनले  प्रहरी प्रशासनलाई पूर्ण सहयोग गर्ने विज्ञप्तिमा जनाइएको थियो। 

प्रकाशित मिति: १३:३५ बजे, सोमबार, माघ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्