रवि लामिछानेको अभिव्यक्तिको निष्पक्ष र तथ्यसंगत जाँच गरौं : भीम रावल

काठमाडौं, माघ २३ : नेकपा एमालेका नेता डा. भीम रावलले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आइतबार दिएको अभिव्यक्तिबारे निष्पक्ष ढंगले जाँच गर्नुपर्ने बताएका छन् ।
सामाजिक सञ्जालमार्फत लामिछानेको अभिव्यक्तिप्रति टिप्पणी गर्दै डा. रावलले लामिछानेले निर्वाचन अघि र निर्वाचनको समयमा बोलेका र बाचा गरेको कुराहरु तथा सांसद पद गएपछि गृहमन्त्री हुन र त्यो नपाएपछि गरेको काम र बोलेका कुराहरुको निष्पक्ष ढंगले परीक्षण गर्नुपर्ने बताएका हुन् ।
उनले राजनीतिक सिद्धान्त, मूल्य, मर्यादामा विश्वास गर्ने राजनीिितकर्मीले आफूमाथि लागेको आरोपहरु तथ्यगत ढंगले खण्डन गर्दै सत्यतथ्य औंल्याउने र गल्तीको आलोचना गर्ने लोकतान्त्रिक मान्ने स्मरण गराएका छन् ।
प्रकाशित मिति: १३:२८ बजे, सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

