Kathmandu Press

आज र भोलि काठमाडौँमा पानी पर्ने, हिमाली क्षेत्रमा भारी हिमपात

काठमाडौँ, पुस २३ : नेपालमा रहेको पश्चिमी न्युन चापिय प्रणालीका कारण आज र भोलि काठमाडौँ लगायतका केही पहाडी क्षेत्रमा सामान्य वर्षा तथा उच्च पहाडी तथा ह....

आज र भोलि काठमाडौँमा पानी पर्ने, हिमाली क्षेत्रमा भारी हिमपात

काठमाडौँ, पुस २३ : नेपालमा रहेको पश्चिमी न्युन चापिय प्रणालीका कारण आज र भोलि काठमाडौँ लगायतका केही पहाडी क्षेत्रमा सामान्य वर्षा तथा उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको छ।

देशको पश्चिम र मध्य केही स्थानहरुमा हल्का देखि मध्यम बर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा मध्यम देखि भारी हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका जारी गरेको तीन दिने पूर्वानुमान सूचना अनुसार, हाल नेपालमा रहेको पश्चिमी न्युन चापिय प्रणालीको प्रभावले पश्चिमी भू–भागहरुमा सामान्य देखि पूर्ण बदली हुँदा बुधबार र बिहीबार देशको देशका अधिकांश स्थानमा पानी पर्न सक्ने र बाँकी भू–भागहरूमा आंशिक देखि सामान्य बदली रहने छ।

प्रकाशित मिति: ०७:३६ बजे, बुधबार, पुस २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्