राष्ट्रिय सभाको उपाध्यक्षमा उर्मिला अर्याल निर्विरोध निर्वाचित
सोमबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
काठमाडौं, माघ २३ ः राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी उर्मिला अर्याल निर्विरोध निर्वाचित भएकी छन् ।
सोमबार राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा अर्याल निर्विरोध निर्वाचित भएको घोषणा गरेका हुन् ।
राष्ट्रिय सभाको उपाध्यक्ष पदका लागि निर्वाचन आयोगले तोकेको मनोनयनको समयमा अर्यालको मात्र उम्मेदवारी परेको थियो । नेपाली कांग्रेसले सो पदका लागि उम्मेदवारी नदिने र माओवादीकी अर्याललाई समर्थन गर्ने निर्णय गरेको थियो ।
उनीविरुद्ध कसैको पनि उम्मेदवारी नपरेपछि अर्याल निर्विरोध निर्वाचित भएकी हुन् । कार्यकाल सकिएको एक वर्षपछि मात्रै राष्ट्रिय सभाले उपाध्यक्ष पाएको हो ।
प्रकाशित मिति: १३:०० बजे, सोमबार, माघ २३, २०७९
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

