Kathmandu Press

प्राथमिकताका विधेयक संसदमा प्रस्तुत गर्ने विषयमा प्रधानमन्त्री र दलका सचेतकबीच छलफल

सोमबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रस्तुत गर्ने विधेयकका सम्बन्धमा विभिन्न दलका सचेतकहरुसँग छलफल गरेका हुन्।
प्राथमिकताका विधेयक संसदमा प्रस्तुत गर्ने विषयमा प्रधानमन्त्री र दलका सचेतकबीच छलफल

काठमाडाैं, माघ २३ : सरकारले प्राथमिकतामा रहेका विभिन्न विधेयकहरुलाई संसदमा प्रस्तुत गर्न गृहकार्य सुरु गरेको छ।

सोमबार बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रस्तुत गर्ने विधेयकका सम्बन्धमा विभिन्न दलका सचेतकहरुसँग छलफल गरेका हुन्। छलफलका क्रममा जनसरोकारसँग जोडिएका विभिन्न विधेयकहरुलाई प्राथमिकताका आधारमा सदनमा प्रस्तुत गर्ने सहमति जुटेको छ।

छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)  प्रमुख सचेतक सन्तोष परियारले प्रतिनिधिसभा नियमावलीलाई १५ दिनभित्र टुंगाे लगाउने र यसअघि थाती रहेका विधेयकहरुलाई प्राथमिकता आधारमा अघि बढाउने सहमति भएको जानकारी दिए। संसद सुरु भएपछि प्राविधिक कार्यमा व्यस्त रहेकाले अब संसदलाई बिजनेश दिने विषयमा छलफल केन्द्रित भएको उनले बताए।

त्यस्तै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले संसदलाई व्यवस्थीत गराउने र विधेकहरुलाई जनमुखी बनाउने तथा जनताका आवश्यकतासंग जोड्ने गरि विधेयकलाई अघि बढाउने विषयमा सवै दलहरुसंग छलफल गरिएको जानकारी दिए।

सरकारले विकास, सुशासन, संक्रमणकालिन न्याय, शिक्षा, स्वास्थ्य, नागरिकतालगायत विषयमा तयार भएका विधेयकहरु सदनमा लैजाने तयारी गरेको छ। 

प्रकाशित मिति: १२:१३ बजे, सोमबार, माघ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्