Kathmandu Press

मन्त्रिपरिषद्को बैठक बस्दै 

मन्त्रिपरिषद्को बैठक बस्दै 

काठमाडौं, माघ २३ : मन्त्रिपरिषद्को बैठक आज बस्दै छ । 

सोमबार अपराह्न ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बस्न लागेको हो । 

आजको बैठक नियमित बैठक हो । बैठकले सुरक्षा अधिकारीको बढुवा लगायतका विषयमा निर्णय गर्ने बताइएको छ । 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने सरकारबाट आइतबार बाहिरिएको छ ।

प्रकाशित मिति: १०:३१ बजे, सोमबार, माघ २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्