Kathmandu Press

‘उपत्यका भित्रने नाकाको सुरक्षा व्यवस्था कडा हुनुपर्छ’

काठमाडौं, पुस २३ : महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले उपत्यका भित्रने नाकाको सुरक्षा व्यवस्था कडा ....

‘उपत्यका भित्रने नाकाको सुरक्षा व्यवस्था कडा हुनुपर्छ’

काठमाडौं, पुस २३ : महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले उपत्यका भित्रने नाकाको सुरक्षा व्यवस्था कडा हुनुपर्ने बताएका छन् ।

समुदाय प्रहरी साझेदारी चन्द्रागिरिपालिका समितिले आज थानकोटमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले राजधानी भित्रिने नाकाको सुरक्षा गर्न प्रहरीसँगै स्थानीय समुदायको भूमिका महत्वपूर्ण रहेको बताए “अपराध रोकथाम नियन्त्रणमा प्रहरीको भन्दा जनसमुदायको भूमिका महत्वपूर्ण रहेको छ”, उनले भने।

पोखरेलले सरकारले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को लक्ष्य पूरा गर्न सबैको साथ सहयोग र सहकार्यको खाँचो रहेको बताए । समाज सुधारका लागि आफैँबाट सकारात्मक कामको शुरुआत गर्नुपर्ने उनको भनाइ थियो ।

उनले प्रहरी समुदाय साझेदारी कार्यक्रमअन्तर्गत सुरक्षित समाज निर्माणका लागि प्रहरी र समुदाय सँगसँगै अगाडि बढ्नुपर्ने उल्लेख गर्नुभयो । सुशासन कायम गर्ने सरकारको प्रतिबद्धता पूरा गर्न सबै लाग्नुपर्ने उनको भनाइ थियो ।

प्रकाशित मिति: ०६:५४ बजे, बुधबार, पुस २३, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्