Kathmandu Press

दूरसञ्चार सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउन सञ्चारमन्त्री शर्माकाे निर्देशन

नेपाल टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमा उनले आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै दुरसञ्चार सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउन निर्देशन दिएकी हुन्।
दूरसञ्चार सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउन सञ्चारमन्त्री शर्माकाे निर्देशन

काठमाडाैं, माघ २२ : सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दूरसञ्चार सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउन निर्देशन दिएकी छन्।

नेपाल टेलिकमको १९औँ वार्षिकोत्सवका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रमा उनले आधुनिक प्रविधिको उच्चतम प्रयोग गर्दै दुरसञ्चार सेवालाई सर्वसुलभ र प्रभावकारी बनाउन निर्देशन दिएकी हुन्।

उनले नवीन प्रविधि अवलम्बन गर्दै आधुनिक सेवा प्रवाहमा कम्पनीको प्रशसनीय कार्य रहेको बताए। उनले वर्तमान संविधानले समाजवादोन्मुख अर्थतन्त्रको परिकल्पना गरेकाले नेपाल टेलिकमजस्ता आत्मनिर्भर संस्थानको संरक्षण र सम्वद्र्धन गरी सेवा प्रवाह, रोजगारी सिर्जना र राजस्वको महत्वपूर्ण स्रोतका रुपमा स्थापित गर्ने राज्यको प्राथमिकता हुने धारणा रारे।

आगामी दिनमा जनताले प्रत्यक्ष लाभ महसुस गर्ने सेवालाई परिमार्जन र उत्पादन गर्दै थप जनतासम्म पुग्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ। मन्त्री शर्माले विकट क्षेत्रमा सेवा बिस्तार तथा मानवीय बस्तीमा टावर बिस्तार, वन क्षेत्रमा हुने पूर्वाधार विकास चुनौतीपूर्ण रहेको बताइन्। 

प्रकाशित मिति: १८:३६ बजे, आइतबार, माघ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्