Kathmandu Press

पीडित नर्सिङ विद्यार्थीको चेतावनी- परीक्षाबाट बञ्चित गरिए सिंहदरबार अगाडि आत्मदाह गर्छौं

काठमाडौं, पुस २२ : अदालतको आदेशपछि आफूहरु अध्ययनरत कलेज नै खारेज भएपछि ३० जना नर्सिङका विद्यार्थीहरुले आत्मदाहको चेतावनी दिएका छन्।

उनी....

पीडित नर्सिङ विद्यार्थीको चेतावनी- परीक्षाबाट बञ्चित गरिए सिंहदरबार अगाडि आत्मदाह गर्छौं

काठमाडौं, पुस २२ : अदालतको आदेशपछि आफूहरु अध्ययनरत कलेज नै खारेज भएपछि ३० जना नर्सिङका विद्यार्थीहरुले आत्मदाहको चेतावनी दिएका छन्।

उनीहरुले आफूहरुको भविश्य अन्धकारमा पारिएको भन्दै सिंहदरबार अगाडि आत्मदाह गर्ने चेतावनी दिएका हुन्।  रिपोर्टर्स क्लब नेपालमा मंगलबार पत्रकार सम्मेलन गरी पीडित विद्यार्थी संघर्ष समितिले आन्दोलनको घोषणा गर्दै आत्मदाहसम्म गर्ने चेतावनी दिएका हुन्।

‘हामीमाथि अन्याय हुँदा पनि सुनुवाइ हुँदैन भने आत्मदाह गर्न बाध्य हुनेछौं,’ पीडित विद्यार्थी संघर्ष समितिकी संयोजक अनुष्का चौलागाईंले भनिन्। दुर्गम गाउँबाट नर्स बन्ने सपना बोकेर आएका ३० जना ठिमीस्थित चक्रवती हबी एजुकेशन एकेडेमी कलेज अफ नर्सिङ साइन्स कलेजमा भर्ना भएकामा अदालतको आदेशले खारेजीमा परेपछि परीक्षा दिनबाट बञ्चित भएका थिए। उनीहरुले सीटीइभीटीदेखि शिक्षा मन्त्रालयसम्म धाउँदा पनि परीक्षा दिन नपाएपछि दुई वर्ष नर्सिङ अध्ययन खेर गएको थियो।

छात्रा अनुष्का चौलागाईँले कलेजको गल्तीको सजाय आफूहरुले पाउन नहुने बताइन्। सरकारले आफूहरुलाई न्याय नदिए कडा कदम चाल्न वाध्य हुने उनको भनाइ थियो।  पीडित विद्यार्थी संघर्ष समिति चक्रवर्ती नर्सिङ कलेजकी अध्यक्ष प्रेमिका शाही सिटिईभिटी र कलेज विचको विवादको कारण विद्यार्थीहरुले समस्या भोग्नु परेको जानकारी दिइन्।

उनले कात्तिक ४ मा सर्वोच्चले कलेज खारेजीको फैसला गरेपछि शिक्षा मन्त्रालय जाँदा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले उल्टै विद्यार्थीको गल्ती देखाएर गैरजिम्मेवारीपूर्ण जवाफ दिएको खुलाइन्। २०७५ सालमा भर्ना भएका ३० जना छात्राहरुको कलेजले बिचल्लीमा पारेपछि अधिकारका लागि निरन्तर लड्दै आएको शाहीले बताइन्।

२२ साउनमा सिटिइभिटीलाई अदालतले स्टे अर्डर दिएपनि २०७६ सालमा कलेज खारेज भएको बताइन्। नर्सिङका छात्राहरुले दिन लागेको परीक्षा सिटिईभिटीले रोकेको खुलाइन्। सिटिभिटीसँग कुरा गर्दा समस्याको समाधान गर्ने आश्वासन दिए पनि समस्या भने जस्ताको तस्तै रहेको प्रेमिका शाहीले बताइन् । 

शाहीले आफहरुले हतारमा कलेजबाट सबै पैसा फिर्ता लिएपनि बितेको समय र अध्ययनमा खर्चिएको परिश्रम नफर्कने बताइन्।  उनले भनिन्, ‘अब हामी अनसन, धर्ना हुँदै आत्मदाहको कदम चाल्न समेत वाध्य हुनेछौं।’ पत्रकार सम्मेलनमा परीक्षा दिन नपाएर पीडामा परेका ३० जना विद्यार्थी उपस्थित थिए। उनीहरुले आँसु बगाउँदै आफूहरुलाई न्याय दिनका लागि संघर्षमा साथ दिन सबैसँग आग्रह गरेका थिए। 
 

प्रकाशित मिति: १९:३८ बजे, मंगलबार, पुस २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्