Kathmandu Press

‘राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको बहस गरेर सत्ता समीकरणमाथि प्रहार गर्न खोजिएको छ’

निर्वाचनको मतपरिणाम आएपछि राजनीतिक निकास दिन एमालेले सरकार गठनको पहल लिनुपर्ने अवस्था आएको उनले बताए।
‘राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको बहस गरेर सत्ता समीकरणमाथि प्रहार गर्न खोजिएको छ’

काठमाडाैं, माघ २२ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति निर्वाचनमा राष्ट्रिय सहमतिको बहस गरेर सत्ता समीकरणमाथि प्रहार गर्न खोजिएको बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकको विशेष समयमा ओलीले राष्ट्रिय सहमति गर्ने भए राष्टियता, विकास, सुशासन, राहत सहुलित पुर्‍याउने सवालमा सहमति गर्नुपर्ने उनको भनाइ छ।

स्वार्थका लागि कांग्रेसले सरकार विश्वासको मत दिएको र राष्ट्रपति निर्वाचनमा किचलो खडा गर्ने कांग्रेसको दुराशय देखिएको पनि बताए।ओलीले  प्रतिपक्षमा पुगे पनि कांग्रेसले प्रतिपक्षी अस्तित्व स्वीकार गर्न नसकेको र सत्ता बाहिरबस्नुपर्दा अतालिएको तर्क गरे। सत्ता बाहिर हुँदा सत्तामा बिग्रह ल्याउने र अल्पकालीन लाभ लिने अनुभव कांग्रेससँग रहेको पनि उनले बताए।

निर्वाचनको मतपरिणाम आएपछि राजनीतिक निकास दिन एमालेले सरकार गठनको पहल लिनुपर्ने अवस्था आएको उनले बताए।

त्यस्तै ओलीले रवि लामिछानेको मुद्दामा सर्वोच्च अदालतले प्रक्रियागत त्रुटि देखाएर फैसला गरेको र यसका कारण धेरै क्षति भएको बताए। असम्बन्धित व्यक्तिले दिएको निवेदनको फैसलाले कसलाई न्याय भयो भन्ने बुझ्न नसकेको भन्दै उहाले कुनै नागरिक राज्यको प्रहारको विषय हुन नहुने बताए।

उनले राजनीतिक मुद्धाहरु फिर्ता दिने र राजबन्दीहरुको रिहाईको विषयलाई छिटो व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराए। ओलीले अहिले देशको विकास र सुशासन चाहिएकाले त्यही काम गर्न वर्तमान सरकार गठन भएको भन्दै सरकारलाई तलमाथि पार्न कोसिस गर्नु लोकतन्त्र र जनताको हितको पक्षमा नहुने धारणा राखे।

अध्यक्ष ओलीले देशको आर्थिक अवस्था सुधारका लागि वर्तमान सरकारले काम सुरु गरिसकेको र आर्थिक समृद्धिका लागि सरकारको स्थिरता अनिवार्य रहेको बताए। 

प्रकाशित मिति: १७:१५ बजे, आइतबार, माघ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्