Kathmandu Press

रारामा फाट्टफुट्ट आन्तरिक पर्यटक, ९ महिनादेखि वाह्य पर्यटक शून्य 

रारामा फाट्टफुट्ट आन्तरिक पर्यटक, ९ महिनादेखि वाह्य पर्यटक शून्य 

काठमाडौं माघ २२ : ९ महिनासम्म रारातालमा बाह्य पर्यटक आगमन शुन्य छ । छायाँनाथ रारा नगरपालिकाले संकलन गरेको तथ्यांकअनुसार बाह्य पर्यटकको आगमन शुन्य छ । 

नगरपालिकाले स्थानीय निर्वाचन सम्पन्न भएदेखि आन्तरिक तथा बाह्य पर्यटकको तथ्यांक राख्न थालेको थियो । तर, जेठ महिनादेखि माघको हालसम्म १५ सय पर्यटक मात्र रारा पुगेका छन् । तीमध्ये एक जनापनि बाह्य पर्यटक नभएको छायाँनाथ रारा नगरपालिकाको प्रमुख विष्णु कुमार भामले बताए । ‘विदेशी मात्र होइन्, भारतीय पर्यटकसमेत छैनन्,’ उनले भने । 

नगरप्रमुख भामका अनुसार  काठमाडौं, धादिङ, नुवाकोट, सिन्धुली, चितवनलगायत क्षेत्रबाट एकाध संख्यामा मात्रै पर्यटकको आगमन हुने गर्दछ ।  ‘अहिले स्वदेशी पर्यटक मात्र आइरहेका छन्, त्यो पनि अत्यन्त न्यून संख्यामा’ नगरप्रमुख भामले भने । 

रारामा बार्षिक रुपमा तीन चार हजार पर्यटक रारा आउँछन् । बाह्य र आन्तरिक पर्यटक छुट्याइएको यो पहिलो वर्ष हो । स्थानीय सरकारले पर्यटकको अवस्था बुझ्न नगरले नै कर्मचारी छुट्याएर प्रवेशगेटमा खटाएको नगरप्रमुख भामले जानकारी दिए । ‘बाह्य पर्यटक घट्नु दुःखद कुरा हो,’ उनले भने, ‘सडक र बस्नखानको उचित व्यवस्था नभएकाले नरुचाइएको हुनसक्छ ।’ 

रारा तालसम्म पुग्ने सडक अहिलेसम्म बनेका छैनन् । राराताल आसपास एकदुई वटा मात्र होटल छन् । त्यसलाई बढाउन नसकेको कायरण नै  पर्यटकको संख्या घटेको हो। पहिले बाह्य पर्यटक अध्ययन गर्नका लागि धेरै आउँथे । कठिन यात्रा भएकाले एकपल्ट आएपछि पुन आउन नचाहेको उनको बुझाइ छ । 

उनी रारातालमा पर्यटको संख्या बढाउन सडक मर्मत र ‘कोसेली घर’ बनाउन जोड दिने बताए । ‘कोसेली घर’ मा मुगुको स्थानीय परिकार र उत्पादन राखिने योजना छ,’ उनले भने । 

पाँचवर्षको कार्यकालमा प्रर्यटकीय स्थलको प्रचार–प्रसार र भौतिक संरचना निर्माण गर्ने योजना बनाइएको उनको भनाई छ । ‘नगरमा ७/८ करोड रुपैयाँ बजेट पर्छ । उक्त बजेटले पर्यटकीय स्थलमा भौतिक संरचना निर्माण गर्न सकिदैन,’ उनले भने, ‘केन्द्र र प्रदेशले सहयोग गरेको छैन, यसपाली केन्द्रलाई यहाँको समस्याको बारेमो प्रतिवेदन बुझाएको छ ।’  

प्रकाशित मिति: १८:१० बजे, आइतबार, माघ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्