Kathmandu Press

अबको पाँच वर्षपछि प्रधानमन्त्री बन्ने गरी आउँछाैं : रवि लामिछाने

आफू मरे पनि, बहुलाए पनि वा जेल गए पनि रास्वपा अघि बढ्ने रविको भनाइ थियो।
अबको पाँच वर्षपछि प्रधानमन्त्री बन्ने गरी आउँछाैं : रवि लामिछाने

काठमाडौं, माघ २२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अबको पाँच वर्षपछि प्रधानमन्त्री बन्ने गरी आउने बताएका छन्।

आज (आइतबार) आयोजित पत्रकार सम्मेलन गर्दै उनले भने,  ‘उपप्रधानमन्त्री, गृह मन्त्रालय होइन, आगामी निर्वाचनमा प्रधानमन्त्री बन्ने गरी आउछौं।’ रास्वपाले सरकारबाट सरकारबाट फिर्ता हुने निर्णय गरेपछि रास्वपाले पत्रकार सम्मेलनको आयोजना गरेको सथयो।  

रास्वपाले सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ। 'वर्तमान राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै सरकारलाई दिएको समर्थन यथावत राख्दै सरकारबाट मन्त्रीहरू फिर्ता बोलाउने निर्णय गरेका छौं,’ पत्रकार सम्मेलनमा रविले भने। रास्वपाबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्रीसमक्ष आजै राजीनामापत्र बुझाउने जानकारी पनि दिए।

लामिछाने गत ११ पुसमा उपप्रधान तथा गृहमन्त्री बनेका थिए भने उनको पार्टीबाट डोलप्रसाद अर्याल श्रममन्त्री, शिशिर खनाल शिक्षामन्त्री र तोसिमा कार्की स्वास्थ्य राज्यमन्त्री भएकी थिइन्। उनीहरूले ३ माघमा मन्त्रीको शपथ लिएका थिए। 

पत्रकार सम्मेलनमा रविले आफू अरू कसैसँग नभई नेपाली जनतासँग मात्रै डराउने बताए । ‘केही गल्ती हुन्छ कि भनेर जनतासँग मात्रै डराउँछु,’ उनले भने, ‘अरु कसैसँग डराउँदिनँ’ 

आफू मरे पनि, बहुलाए पनि वा जेल गए पनि रास्वपा अघि बढ्ने रविको भनाइ थियो।

प्रकाशित मिति: १७:४० बजे, आइतबार, माघ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्