सत्ता गठबन्धनको एकता जसरी पनि जोगाउँछु : प्रधानमन्त्री
'फेरि हामी छलफल गर्छौं । यसलाई हल गर्नेतिर नै जान्छौं ’
काठमाडौं, माघ २२ : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धनको एकता जुनसुकै हालतमा जोगाउने बताएका छन् । आइतबार संघीय संसद भवनमा पत्रकारहरुसँगको कुराकानीमा प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलहरुबीचको एकता कुनैपनि हालतमा जोगाउने बताएका हुन् ।
सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्रीले यस्तो बताएका हुन् । ‘राष्ट्रिय सहमति नै गरौं भनि राखेको छु भने त हाम्रो सत्ता साझेदार बीचको एकतालाई त जसरी पनि बचाउनुपर्छ भन्ने हो मेरो’ उनले भने।
उनले रास्वपाका सभापति रवि लामिछानेसँग लगातार छलफल भइरहेको पनि बताए । आइतबार बिहान भएको भेटमा पनि लामिछानेले सरकारलाई दिएको समर्थन फिर्ता नलिने तर सरकारबाट बाहिरिने निर्णय हुनसक्ने बताएको प्रधानमन्त्री प्रचण्डले जानकारी दिए।
उनले लामिछानेसँग फेरि संवाद गर्ने पनि बताए । भर्खरै सुनेँ। बिहान उहाँसँग भएको कुरा अनुसार सरकारलाई समर्थन फिर्ता चाहिँ होइन मन्त्रीहरु बाहिर निक्लने विषय छलफल भइरहेको छ भन्नुहुन्थ्यो । फेरि हामी छलफल गर्छौं । यसलाई हल गर्नेतिर नै जान्छौं ।’









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

