मिडिया सञ्चालक र पत्रकारमाथि नै खनिए रवि

काठमाडौं, माघ २२ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति मिडियाका सञ्चालक र पत्रकारमाथि नै खनिएका छन् ।
आफूमाथि बारबार हेडलाइन बनाएर लगातार रुपमा प्रहार गरिएको भन्दै लामिछानेले कान्तिपुरका सञ्चालक कैलाश सिरोहिया, अन्नपूर्ण पोस्टका रामेश्वर थापा, अनलाइनखबर डटकमका सम्पादक शिव गाउँले, सेतोपाटी डटकमका अमित ढकाल लगायतका नामै किटेर आफूविरुद्ध श्रृंखलावद्ध रुपमा लागेको आरोप लगाएका हुन् ।
उनले अन्य केही अनलाईनका पत्रकाहरुको पनि नाम लिएर आफूविरुद्ध प्रायाजित रुपमा लागेको बताएकाले अब चुप लागेर नबस्ने बताए ।
‘अनलाईन, कान्तिपुरमा सही आएको छ ?,’ आक्रोश पोख्दै उनले भने, ‘कन्फ्लिक्ट अफ इन्ट्रेष्ट के हो ?’ देश चलाउने हो भने मसँग चुनाव लड्न आउनुस्।’
लामिछानेले अब आफूविरुद्ध नकारात्मक समाचार बनाइए समर्थक लिएर मिडिया हाउस नै घेर्न आउने चेतावनी समेत दिएका छन् ।









![कांग्रेस वरिष्ठ नेता श्रेष्ठको पशुपति आर्यघाटमा अन्त्येष्टि [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-16_cb69ae9b-1785325934.jpg)

