Kathmandu Press

संसदमा बाधा-अड्काउ फुकाउ आदेश पेस, सांसद पक्राउबारे जानकारी

प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानका तर्फबाट खानेपानीमन्त्री अब्दुल खानले मन्त्रिपरिषद्बाट जारी भएको सो आदेश सदनमा पेस गरेका हुन्।
संसदमा बाधा-अड्काउ फुकाउ आदेश पेस, सांसद पक्राउबारे जानकारी

काठमाडाैं, माघ २२ : प्रतिनिधिसभामा ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्यनिरुपण तथा मेलमिलाप आयोग, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ आदेश’ पेस भएको छ।
 
प्रतिनिधिसभाको आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानका तर्फबाट खानेपानीमन्त्री अब्दुल खानले मन्त्रिपरिषद्बाट जारी भएको सो आदेश सदनमा पेस गरेका हुन्।

आदेशमा आयोगको कार्यविधि म्याद आगामी असार मसान्तसम्म थप गर्ने विषय उल्लेख छ। आयोगको म्याद गत असोज मसान्तसम्म मात्र थियो। गत साउन २८ गते सरकारले आयोगको म्याद थप गर्ने निर्णय गरेको थियो।

सांसद चौधरी पक्राउ परेको सदनलाई जानकारी
     
यसैबीच प्रतिनिधिसभा सदस्य अरुणकुमार चौधरी पक्राउ परेको जानकारी सदनलाई गराइएको छ। प्रतिनिधिसभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराएका हुन्।

सांसदलाई पक्राउ परेका अवस्थामा प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २४४ को उपनियम ९१० बमोजिम सदनलाई जानकारी गराउनुपर्ने व्यवस्था छ।

प्रकाशित मिति: १६:५१ बजे, आइतबार, माघ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्