Kathmandu Press

राष्ट्रपतिले माघ २७ गते संसदमा सम्बोधन गर्ने

राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज (आइतबार) विज्ञप्ति निकालेर त्यस्ताे जानकारी गराएका हुन्।
राष्ट्रपतिले माघ २७ गते संसदमा सम्बोधन गर्ने

काठमाडौं, माघ २२ : राष्ट्रपति विद्यादेवी भण्डारीले यही माघ २७ गते शुक्रबार दिउँसो ३ बजे संसदका दुवै सदनको संयुक्त बैठकमा सम्बोधन गर्ने भएकी छन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले आज (आइतबार) विज्ञप्ति निकालेर त्यस्ताे जानकारी गराएका हुन्।

‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूबाट नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०७९ साल माघ २७ गते शुक्रबारका दिन १५:०० बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन हुने भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।

10-22_संसदको-दुवै-सदनलाई-सम्बोधन-विज्ञप्ति-1489x20481675594887.jpg

प्रकाशित मिति: १६:४० बजे, आइतबार, माघ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्